Logo

श्रमिकहरु अपमानित हुने र श्रमचोरहरू सम्मानित हुने स्थितिको अन्त्य हुनुपर्छ : प्रभु साह



काठमाडौं, १९ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले श्रमिकहरु अपमानित हुने र श्रमचोरहरु सम्मानित हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । १३५औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेपालको संविधानमा श्रमको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेपनि आज देशमा रोजगारीको लागि प्रत्येक दिन हजारौको संख्यामा श्रमिकहरू विदेश जान बाध्य भएको भन्दै दुःख व्यक्त गरेका छन् । श्रमको उचित मुल्य र सम्मानबिना देशको समृद्धि र विकास सम्भव नभएको साहको तर्क छ ।

उनले शुभकामना सन्देशमा भनेका छन्–‘आज समाजमा खुलेआम श्रमिकहरु अपमानित हुने र श्रमचोरहरु सम्मानित हुने विडम्बनापूर्ण स्थिति विधमान छ । यस दुःखद अवस्थाको अन्त्यसहित श्रमिकहरुको हकअधिकार र सम्मानको लागि सर्वप्रथम देशबाट दलतन्त्रको लुटकारी व्यवस्थाको अन्त्य जरूरी छ । यसमा सम्पूर्ण नेपाली जनताको ध्यान पुग्ने विश्वाससहित आम श्रमजीवीहरुलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot