Logo

प्रचण्डलाई बाबुरामको चूनौति : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा चुनाव लडौं, बाबुराम लड्न तयार छ (भिडिओसहित)



काठमाडौं, १९ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासनविना समृद्धि हाँसिल गर्न नसकिने बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले माओवादीमा छँदादेखि नयाँ शक्ति पार्टी बनाउँदा र अहिलेसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउनुपर्छ भन्ने मुद्दा उठाएको आएको बताए ।

उनले नेसपाकै केही नेताहरुले बाबुरामले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग राष्ट्रपति मागेको भनेर लगाएको आरोपको सिधै खण्डन गरे । उनले भने,‘माओवादी हुँदादेखि आजसम्म कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको मान्छे, आज कसैसँग एउटा पदको निम्ति हात थापेर हिँड्छ त ? म चूनौति दिन्छु ती मान्छेलाई, हिम्मत छ भने आउ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाउँ, ल आउ अनि चुनाव लडौं, तिमीहरुबाट को उभिन्छ, बाबुराम भट्टराई चुनाव लड्न तयार छ । नेपाली जनताले फैसला गर्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot