Logo

सांसद तथा पूर्वमन्त्री डा. महतोद्वारा कर्जन्हामा निर्मित ‘रामजानकी मन्दिर’ भवनको उद्घाटन (फोटोफिचर)



काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो गृहजिल्ला सिराहाको कर्जन्हामा रामजानकी मन्दिरको उद्घाटन गरेका छन् । कर्जन्हा नगरपालिका वडा नम्बर ८ मा नवनिर्मित मन्दिर भवनको उद्घाटन गरेका हुन् । सो वडाका अध्यक्ष शम्भु ब्यारको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री महतोले मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

समाजमा राम्रो काम गर्नेहरु सधैं सम्मानित हुने र युगयुगसम्म जिवित नै रहने भन्दै मन्दिर निर्माणको परिकल्पनाकार स्वर्गीय अनरुद्र महतो र उनकी धर्मपत्नी स्वर्गीय कुमैर देवीको योगदानको महतोले खुलेर प्रशंसा गरेका थिए ।

उनले भने,‘आज उहाँहरु यो धर्तीमा हुनुहुन्न, तर उहाँहरुको सपना पूरा भएको छ । यो पवित्र मन्दिरको उद्घाटन गर्न पाईएको छ, यसको लागि उहाँहरुप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु । सामाजिक र पवित्र काम गर्नको लागि धनी वा गरिब भन्ने हुँदैन्, मन धनी चाहिन्छ । उहाँहरुपनि मन्दिर बनाउने आर्थिक हैसियत भएको व्यक्तित्व होईन, तर उहाँहरुले राम्रो छाप छोडेर जानुभयो, उहाँहरु सधैं हाम्रोलागि सम्मानित हुनुहुन्छ ।’

सांसद महतोले सबैले स्वर्गीय अनिरुदबाट नयाँ पिढीँले समाजसेवाबारे सिक्नुपर्नेमा जोड दिए । उनले धर्तीमा जन्मिएपछि समाजको लागि केही न केही राम्रो काम र योगदान दिएर जाँदा नै मानव जीवनको सार्थकता हुने पनि स्मरण गराए ।

तस्विर सौजन्य : रुकेश साह/सिराहा



प्रतिक्रिया दिनुहोस्