Logo

‘जिबी राईलाई गृहमन्त्री लामिछानेले मारिसके’ भनेर आरोप लगाउने डिल्लीराम खनाल पक्राउ



काठमाडौं, १९ बैशाख । सामाजिक अभियन्ता भनेर चिनिएका डिल्लीराम खनाल पक्राउ परेका छन् । एक मिडियामा खनालले वर्तमान गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा फरार रहेका जिबी राईको हत्या गरेको भनेर गम्भीर आरोप लगाएका थिए ।

उनको उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भैरहेको थियो । प्रहरीले भने खनालले अफवाह फैलाएको भन्दै उनलाई पक्राउ गरेको छ । खनालले आफ्नै नामको युट्युब च्यानलमा समेत जिबी राईलाई गृहमन्त्री लामिछाने र आइजिपी वसन्तराज कुँवरले मारिसकेको भनेर बोलेको भिडिओ राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्