Logo

वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेको नेपालले पहिला फिल्डिङ गर्ने, सिरिज बराबर गर्न जित्नै पर्ने दवाब



काठमाडौं, वैशाख २० । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच टी–२० सिरिजको चौथो खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुने आजको खेल १२ः१५ बजेदेखि सुरु हुने छ । आजको खेलमा पनि नेपालले पहिला फिल्डिङ गनेृ भएको छ । टस जितेर वेष्टइन्डिजले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot