Logo

सुहाङले जितेपछि विश्वप्रकाशको शुभकामना : पिताकोझैँ सालिनता, निष्ठा र निरन्तरता रहिरहोस



काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम–२ उपनिर्वाचनमा जितेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । सो निर्वाचनमा पार्टीका उम्मेद्वार डम्बर खड्कालाई जिताउनको लागि महामन्त्री शर्मा चुनावी कमाण्डर थिए ।

तर, खड्का पराजित बने । उपनिर्वाचनको नतिजापछि शर्माले सामाजिक सञ्जालमा बधाई दिँदै सुहाङसँग पिता सुवास नेम्वाङकोझैं शालिनता, निष्ठा र निरन्तरता रहोस भन्ने चाहेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

बधाई सुहाङ नेम्वाङ, बधाई नेकपा एमाले !

बैशाख १५ मा इलाम २ को उपनिर्वाचन तुलनात्मक रुपले स्वस्थ र मैत्रीपुर्ण रूपमा सम्पन्न त भयो नै, परिणामपछि पनि मुख्य प्रतिस्पर्धी दल र उम्मेदवार बीच हार्दिकता जिवन्त छ l लोकतन्त्रको यो आत्मा र यो सौन्दर्यलाई जगाउनु र जोगाउनु हामी सबैको जिम्मेवारी हो l पिताकोझैँ सालिनता, निष्ठा र निरन्तरता रहिरहोस्, सुहाङलाई शुभकामना र शुभेच्छा l साथै बझाङको प्रदेशसभा उपनिर्वाचनमा विजयी एमाले उम्मेदवार दमन भण्डारीलाई बधाई, शुभेच्छा र शुभकामना l

नेपाली काँग्रेसलाई सम्मानजनक मत दिनु हुने दुवै क्षेत्रका आदरणीय मतदातामा आभार l अहोरात्र खट्नुभएका सबै आदरणीय साथीहरूको कदर र सम्मान l जय नेपाल !



प्रतिक्रिया दिनुहोस्

Screenshot