Logo

पोखरेल समर्थित श्रेष्ठलाई हराउँदै एमाले बर्दियाको अध्यक्षमा पौडेल निकट अधिकारी निर्वाचित



काठमाडौं,२० वैशाख । नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भएका छन् । उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरेका हुन् । अधिकारी निवर्तमान उपाध्यक्ष हुन् भने श्रेष्ठ निवर्तमान अध्यक्ष हुन् ।

अधिकारी १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन् ।

निर्वाचित अधिकारी उपाध्यक्ष विष्णु पौडेल प्यानलका हुन् भेन पराजित भएका श्रेष्ठ महासचिव शंकर पोखरेल निकटका हुन् । एमाले लुम्बिनीको प्रदेश अधिवेशन देखि नै पोखरेल र पौडेलबीच गुटगत प्रतिस्पर्धा हुँदै आईरहेको छ ।

आज बिहान सम्पन्न मतगणनामा अधिकारीको पूरा प्यानलनै निर्वाचित हुँदा श्रेष्ठको प्यानलका सबै पराजित भए ।

उपाध्यक्षमा दुर्गा वली १७९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए । सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत पाएका छन् ।

उपसचिवमा लहनु थारू १७८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत पाए । त्यस्तै संगीता थारू पनि १८८ मतका साथ उपसचिवमा विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी मञ्जु शर्माले १५० मत ल्याइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot