Logo

पहुँच हुनेले मात्रै कैद मिनाह पाउने प्रवृत्ति अन्त्य हुन्छः गृहमन्त्री लामिछाने



काठमाडौं, २० वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै कैद मिनाह पाउने प्रवृत्तिको छिट्टै अन्त्य हुने बताएका छन् । आज (बिहीबार) बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खल्तीबाट नाम झिकेर कैद मिनाह हुने प्रवृत्तिको अन्त्य हुने बताएका हुन् ।

कैद मिनाहका लागि पहुँच खोज्ने भन्दा पनि कैदीले आचरण सुधार्नुपर्ने उनको भनाइ छ । असल आचरण हुनेहरुका लागि कैद मिनाहका लागि कसैको पहुँच नचाहिने उनको भनाइ छ । साथै, कारागारहरु यातना गृह भन्दा पनि सुधार गृह बनुन् भन्ने कुरामा सरकार सधैं सचेत रहेको पनि उनले बताए ।

कैदीहरुलाई सम्मानजनक काम लगाउने विषयमा छलफल भइरहेको गृहमन्त्री लामिछानेले बताए । कैद सजाय भुक्तानी गरेर फर्किएकाहरुलाई समाजमा पुनःस्थापित गर्नुपर्ने विषयमा पनि सरकार सचेत रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot