Logo

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला



काठमाडौं, जेठ ४ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो ।

परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए । मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन् । मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot