Logo

आक्रामक ब्याटिङ गरेर आउट भए रोहित, गुल्सन र दीपेन्द्रको जिम्मामा खेल



काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ ले दिएको विशाल लक्ष्यविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेर आउट भएका छन् ।

कप्तान रोहित ४७ बलमा ७ चौका र ४ छक्कासहित ८१ रनमा आउट भए । उनी आउट हुँदा नेपालले १३ ओभरमा १२५ रन जोडेको छ । नेपालको क्रिजमा अहिले दीपेन्द्रसिंह ऐरी र गुल्सन झा रहेका छन् ।

 शृंखलाअन्तर्गत पहिलो खेलमा एक सय १२ रन जोडेका उनले दोस्रो खेलमा ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot