Logo

जापानी विदेशमन्त्री नेपाल आउँदै



काठमाडौं, वैशाख २१ । जापानी विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउन लागेकी छन् । उनी यही वैशाख २३ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार दुई देशको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै उनले एक दिने नेपाल भ्रमण गर्न लागेकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपश्चात् यो उनको पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

यो वर्ष दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसकेको छ । यस भ्रमणले सोही द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास नेपालस्थित जापानको दूतावासले जनाएको छ । नेपाल र जापानबिच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यस भ्रमणले त्यसलाई थप विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्