Logo

सुनको मूल्य घट्यो चाँदीको स्थिर



काठमाडौं, वैशाख २१ । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा चाँदी आज पनि सोहि मूल्यमा कारेबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot