Logo

बुढानिलकण्ठमा सञ्चालनमा आयो सुविधासम्पन्न रिभरसाईड फुटसल, स्विमिङ र क्याफे (फोटोफिचर)



काठमाडौं, २२ बैशाख । व्यवसायी राजु श्रेष्ठसहित ११ जना व्यवसायीहरुको संयुक्त लगानीमा रहेको रिभरसाईड स्पोट्र्सले फुट्सल, स्विमिङ र क्याफे सञ्चालनमा ल्याएको छ । बच्चादेखि पाकासम्मको स्वास्थ्यलाई मध्यनजर गरेर श्रेष्ठले उक्त सुविधासम्पन्न हेल्थ क्लब सञ्चालनमा ल्याएका हुन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा सञ्चालनमा ल्याईएको उक्त हेल्थ क्लबको उद्घाटन भने करुणा अस्पतालका अध्यक्ष डा. रामकुमार श्रेष्ठ, क्रिकेट संघका पूर्व उपाध्यक्ष उपेन्द्रप्रसाद भट्टराई र युवा व्यवसायी इन्जिनियर अशोक धमलालगायतले संयुक्त रुपमा गरेका हुन् । २ करोड लगानीमा निर्माण गरिएको उक्त हेल्थ क्लबको कारण सो क्षेत्रका युवा वर्ग लाभान्वित हुने जनाईएको छ ।

तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot