Logo

माटोको ढिस्कोमा पुरिएर देउरानीको मृत्यु, जेठानी घाइते



गुल्मी, वैशाख २३ । गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी ५५ वर्षकी बिष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए। माटोको ढिस्कोले ५४ वर्षकी हुमकला राना घाइते भएकी छन्। नातामा उनीहरु देउरानी जेठानी हुन् ।

शनिबार दिउँसो पराल्मीस्थित चौराहामा घर लिप्नका लागि ६ जना गएका थिए । त्यसमध्ये बिष्णु र हुमकलाले अचानक माथी बाट माटोको ढिस्को खस्न जाँदा पुरिएका थिए ।

ढिस्कोले पुरिएर घाइते भएका २ जनाको उपचारको लागि गुल्मी अस्पताल ल्याइएको थियो । घाइते मध्ये बिष्णु रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्की घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा टोली खटि खटिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot