Logo

भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ताहरुमाथि प्रहीको दमन, पक्राउ गरिएकाहरुलाई रिहा गर्न साहको माग



काठमाडौं, २३ बैशाख । आम जनता पार्टीका नेता तथा कार्यकर्ताहरुको आन्दोलनमा प्रहरीको दमन भएको छ । आजपाको भातृ संगठन आम सम्पर्क मञ्चले भन्सारमा भएको लुटकारी प्रावधान खारेजीको माग गर्दै चौथो चरणको आन्दोलन जारी राखेको छ । सो क्रममा आज भन्सार विभाग घेराउ गर्न पुगेका आजपाका नेता तथा कार्यकर्तामाथि प्रहरीले दमन गरेको हो ।

शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले निर्मम दमनसहित दर्जनौलाई गिरफ्तार गरेको भन्दै अध्यक्ष प्रभु साहले भने तत्काल कार्यकर्ताहरु रिहा गर्न माग गरेका छन् । भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गरिएको शान्तिपुर्ण आन्दोलनको मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा गरिएको व्यापक दमन एवं धरपकडको साहले निन्दा गरेका हुन् ।

मुलुकको समृद्धिसँग जोड़िएको उक्त संघर्षको क्रममा प्रहरीले कानून सुधार संघर्ष समितिको संयोजक रन्जु कुमारी साह, स्क्राप हकहित फाउण्डेशनको अध्यक्ष संजय साह, आजपाको उपमहासचिव मनोज कुमार यादव लगायतका नेता/कार्यकर्ताहरुप्रति उच्च सम्मानसहित उनीहरुको तुरुन्त रिहाईको लागि गृह प्रशासनसमक्ष अध्यक्ष साहले माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot