Logo

उच्चस्तरीय भेटवार्ताअघि जापानी विदेशमन्त्री खामीखावा योको वसन्तपुरमा वान्की (फोटोफिचर)



काठमाडौं, २३ बैशाख । नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामीखावा योकोले नेपालको पर्यटकीय क्षेत्र काठमाडौंको वसन्तपुरको अवलोकन गरेकी छिन् । काठमाडौं ओर्लिएकै दिन उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन् ।

सो क्रममा उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गरेकी हुन् । उनले बुद्धको मूर्तिसमेत खरिद गरेकी छिन् । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, उनले आज उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । उनको सम्मानमा आज साँझ रात्रिभोजको आयोजनासमेत गरिएको छ । उनी विदेशमन्त्रीको जिम्मेवारीमा आएपछि यो उनको पहिलो नेपाल भ्रमण हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot