Logo

काठमाडौं नझर्दै उपेन्द्र यादवलाई मन्त्रीबाट गलहत्याउन प्रधानमन्त्री दाहाललाई ओलीको दबाब



काठमाडौं, २४ बैशाख । उपेन्द्र यादव अमेरिकामा रहेकै बेलामा नेपालमा भने उनी नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । पार्टीका बहुमत सांसदहरु (७ जना) ले अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको रुपमा रहेका उपेन्द्र यादवलाई अब सरकारबाटै बाहिर निकाल्न प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दबाब सिर्जना भएको छ ।

सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई आजै उपेन्द्रलाई मन्त्रीबाट बर्खास्त गर्न दबाब दिएको उच्च स्रोतको दाबी छ । उपेन्द्रको ठाउँमा नयाँ पार्टी बनाएका सांसदहरुमध्येबाट एक जनालाई मन्त्री बनाउन ओलीको दबाब रहेको बुझिएको छ। ओलीले उपेन्द्र नेपाल झर्नुअघि नै मन्त्रीबाट चैट् बनाईदिन दबाब दिएपछि प्रधानमन्त्री दाहाल यतिवेला दबाबमा छन् । यादव आजै साँझ काठमाडौं आईपुग्ने बताईएको छ ।

उनी यतिवेला कतारको दोहामा ट्रान्जिटमा छन् । प्रधानमन्त्री दाहालमाथि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई पनि गठबन्धनबाट गलहत्याउन ओलीको सुझाव छ । पछिल्लो समय एमाले–माओवादी गठबन्धनबाट बाहिरिए उपेन्द्र र माधव नेपालले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनाउन भूमिका खेलेका थिए ।

उनीहरु गठबन्धन भत्काउन लागेको सूचना पाएपछि नै प्रधानमन्त्री दाहाल र ओलीले जसपा विभाजनको कठोर निर्णय लिएका हुन् । उनीहरुले माधव नेपालको दलभित्र पनि विभाजन गराउनेगरि सांसदहरु तयारी अवस्थामा राखेको बुझिएको छ । उपेन्द्रपछि आफूमाथि पनि प्रहार हुने सूचना पाएका माधव नेपालले आज आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका छन् ।

उनी पार्टी विभाजन रोक्नको लागि निर्णायक छलफलमा जुटेका छन् । तर, ६ जना सांसदले विद्रोह गरेर एमाले–माओवादी गठबन्धनलाई साथ दिने तयारी गरेपछि माधव नेपाल चिन्तित छन् । माधव नेपाल त कांग्रेससँगको गठबन्धन बनाएर प्रधानमन्त्री खाने दाउमा थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot