Logo

प्रधानमन्त्री प्रचण्ड भेटेलगत्तै माधव नेपालले बोलाएको सचिवालय बैठक सुरू



काठमाडौं, २५ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भएको भेटवार्तामा अध्यक्ष नेपालले उपेन्द्र यादवको पार्टी विभाजनबारे चासो राखेका थिए । सो भेटमा प्रधानमन्त्री दाहालले आफूले जसपा, नेपाल विभाजन गर्न भूमिका नखेलेको स्पष्टीकरण दिएका थिए ।

प्रधानमन्त्री दाहालसँग नेपालले हिजो साँझपनि भेटेका थिए । अहिले नेपालले पार्टीको सचिवालय बैठक डाकेका छन् । पार्टी मुख्यालय आलोकनगरमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक स्थिति र आसन्न महाधिवेशनको विषयमा छलफल गर्ने बुझिएको छ । आजको बैठकमा आगामी स्थायी कमिटी बैठकका एजेण्डासमेत तय गर्ने बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्