काठमाडौं, वैशाख २६ । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।
सभामुख देवराज घिमिरेले अहिले बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँने कार्यक्रम रहेको छ । उनले सुहाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन्।
नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित इलाम २ बाट विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।