Logo

सरकारपक्षले नै पार्टी फुटाइदिएको उपेन्द्रको निश्कर्षः शिसाको महलमा बसेर अर्काको घरमा ढुङ्गा नहान्न चेतावनी



काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारपक्षले नै आफ्नो पार्टी फुटाइदिएको बताएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गरी उनले आफूलाई पार्टी फुट्नुमा बाहिर हल्ला आएको जस्तै आशंका रहेको बताएका ह्ुन् । उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै शिसाको घरमा बस्नेले अरुको घरमा ढुङ्गा हान्न नहुने टिप्पणी गरे ।

शिसाको घरमा बस्नेले अरुको घरमा ढुङ्गा हान्दा आफ्नै घरमा फर्किने उनको चेतावनी छ । ‘सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्न हुँदैन । आफ्नै घरमा फर्किन सक्छ । यहाँहरुलाई जस्तो लागेको छ । मलाई पनि त्यस्तै लागेको छ,’– उनले भने ।

साथै, वर्तमान सरकारलाई जसपा नेपालको समर्थन कायमै रहने पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डलाई पनि ‘सत्ता समीकरण परिवर्तन हुँदैछ, उपेन्द्र र कांग्रेसबीच छलफल भइरहेको छ’ लगायतका हल्ला सुनाएर भ्रममा पारिकाएको उनले बताए । वर्तमान सरकार बनेदेखि आफूले कांग्रेसका कसैसँग पनि भेट नगरेको र कांग्रेसका नेता तथा कार्यकर्तालाई चिया पसलमा पनि नभेटाएको उनको भनाइ छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot