Logo

मैले सरकार ढाल्दैछु भनेर प्रधानमन्त्रीजीलाई पनि भ्रममा पारियो, समर्थन कायमै रहन्छ : उपेन्द्र यादव



काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरुलाई घरमा फर्किनको लागि अपिल गरेका छन् । अशोक राईको समूहले पार्टी विभाजन गरेपछि आज (बुधबार) पार्टी मुख्यालय बालकुमारीमा पत्रकार सम्मेलन गर्दै यादवले पार्टी फुटाउनेहरुलाई पनि सच्चिएर पार्टीमा फर्किनको लागि अपिल गरेका हुन् ।

उनले भने,‘पार्टी फुटाउने साथीहरुलाई ब्याक हुनुहोस भन्न चाहन्छु । सच्चिएर आए छलफल गर्न तयार छौं ।’ तर, आफूले सानैदेखि कसैसँगपनि सरेण्डर गर्न नचानेको भन्दै पार्टी विभाजनको विरुद्धमा अदालत जाने पनि घोषणा गरे ।

उनले सरकालाई दिएको समर्थन कायमै रहेको भन्दै अहिले ब्याक नहुने पनि स्पष्ट पारे । उनले भने,‘सरकारलाई दिएको समर्थन कायमै छ । अस्थिरताको जिम्मेवारी हामी लिँदैनौं । हामी कारक तत्व होईन ।’

उनले आफूमाथि सरकार ढाल्न लाग्यो भनेर गलत आरोप लगाईएको पनि स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीजीलाई पनि यो सरकार ढल्दैछ भनेर भ्रम फैलाईयो । उहाँलाई त्यो भ्रममा पारेको पनि बुझियो ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot