Logo

माधव र उपेन्द्रलक्षित विष्णु पौडेलको टिप्पणी : आफैं प्रधानमन्त्री बन्न हिँडेकाहरू सरकारलाई समर्थन जारी राख्ने विन्दुमा आए



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तन गरेर आँफै प्रधानमन्त्री बन्न हिँडेकाहरु सरकारलाई समर्थन जारी राख्ने विन्दुमा आएको बताएका छन् । उनले यसअघि सरकार परिवर्तन गर्न षड्यन्त्र गरिएको भएप्नि त्यो सफल हुन नदिने दाबी गरे ।

एमाले रामेछाप जिल्लाको नवौं अधिवेशनको बुधबार उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता पौडेलले वर्तमान सत्ता समिकरण ०८४ को निर्वाचनसम्म कायम रहने विश्वास दिलाए । उनले सरकार परिवर्तन गरेर आँफै प्रधानमन्त्री बन्न हिँडेको भनेर माधव नेपाल र उपेन्द्र यादवलाई भनेका हुन् ।

तर, उनले उनीहरुको नाम भने लिएका थिएनन् । उनले एमालेले ०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउनेसमेत दाबी गरे । पार्टीले चलाएको मिसन ०८४ सफल हुने उनको दाबी छ । पार्टी पँक्तिलाई पनि एक ढिक्का भएर र निर्वाचनमा एमालेको एकल बहुमत ल्याउनेगरि काम गर्न उनको निर्देशन थियो । file photo



प्रतिक्रिया दिनुहोस्