Logo

अमेरिकी राजदूत थम्पसन लुम्बिनी–भैरहवा क्षेत्रको पहिलो भ्रमणमा जाँदै



काठमाडौं, २७ बैशाख । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन पहिलोपटक लुम्बिनी–भैरहवा क्षेत्रको भ्रमणमा जाने भएका छन् । दूतावासले जनाएअनुसार राजदूत थम्पसन र दूतावास टोली अन्य सदस्यहरु सो क्षेत्रमा दूतावासका विभिन्न पहलहरुको बारेमा थप जान्नको लागि लुम्बिनी जान लागेको जनाएको छ ।

राजदूत थम्पसनको टोलीले भैरहवाको अमेरिकन कर्नरमा विद्यार्थीहरु, स्थानीय मदरसाका शिक्षक र विद्यार्थीहरु अनि सो क्षेत्रका युएसआईडीका मिडिया फेलोहरुसँग भेटघाट गर्ने जनाईएको छ । दूतावासले फेशबुक पेजमा लेखेको छ–

राजदूत थम्पसनले लुम्बिनी–भैरहवा क्षेत्रको पहिलो भ्रमण गर्दै हुनु हुन्छ! राजदूत थम्पसन र दूतावास टोलीका अन्य सदस्यहरू यस क्षेत्रमा दूतावासका विभिन्न पहलहरूको बारे थप जान्न लुम्बिनी भ्रमण गर्दै हुनु हुन्छ। उहाँहरू भैरहवाको अमेरिकन कर्नरमा विद्यार्थीहरू, स्थानीय मदरसाका शिक्षक र विद्यार्थीहरू र त्यस क्षेत्रका युएसएआईडीका मिडिया फेलोहरूसँग भेटघाट गर्नु हुनेछ। उहाँहरूले त्यहाँको मिठा स्थानीय परिकारहरु चाख्नु हुनेछ। आउने दिनहरुमा राजदूत थम्प्सनको यस क्षेत्रको भ्रमण बारे जान्न हामीसंग रहनु होस्।



प्रतिक्रिया दिनुहोस्

Screenshot