Logo

मधेश प्रदेशमा हाम्रो पक्षमा ५० प्रतिशत भन्दा बढि सांसद उभिन्छन् : महासचिव राई




काठमाडौं, २७ बैशा । नवगठित दल जनता समाजवादी पार्टीले मधेश प्रदेशमा आफूहरुको पक्षमा ५० प्रतिशतभन्दा बढि सांसदहरु खुल्ने दाबी गरेको छ। सो दलका महासचिव मो. ईश्तियाक राईले यस्तो खुलासा गरेका हुन् ।

उनले अहिले २१ दिने सूचना राखेर सनाखतको प्रक्रिया सुरू भएकोले त्यतिवेलासम्म आफूहरुको पक्षमा बहुमत सांसदहरु खुल्ने दाबी गरेका हुन् । महासचिव राईले भने,‘२१ दिने सूचना जारी भएको छ । सनाखतको प्रक्रिया जारी छ । हामीहरु उहाँ (उपेन्द्र) भन्दा बढि नै हुन्छौं । ५० प्रतिशतभनदा बढि नै हुन्छ ।’

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफूहरुले कानून र संविधानसम्मत् रुपमा पार्टी दर्ता गराएको भन्दै कसैले कानूनी चूनौति दिए सामाना गर्ने स्पष्ट पारेका छन् । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर नयाँ दल दर्ता गराएपछि आज (बिहीबार) पहिलोपटक पत्रकार सम्मेलन गर्दै राईले यस्तो बताएका हुन् ।

उपेन्द्र यादवले पार्टी विभाजनको विरुद्धमा अदालत जाने भनेर गरेको घोषणाको सम्बन्धमा अध्यक्ष राईले अदालतको ढोका सबैको लागि खुला रहेको भन्दै उक्त चूनौति स्विकार्य रहेको स्पष्ट पारे । उनले भने,‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले कानूनविद्हरुको बहससमेत गराएर सहमति, स्विकृति दिने र दर्ता गर्ने काम भयो । उहाँहरु जान सक्नुहुन्छ । सबैको निम्ति अदालतको ढोका खुला छ । कानूनसम्मत् हाम्रो पार्टी दर्ता भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot