Logo

हामी सरकारमै छौं, उपेन्द्रजी रहने वा नरहने उहाँ र प्रधानमन्त्रीजीले निर्क्यौल गर्ने कुरा हो : अशोक राई




काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफूहरु राजनीतिक स्थायित्वको पक्षमा रहेकोले अहिले पनि सरकारमै रहेको स्पष्ट पारेका छन् । जसपा, नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेपछि आज (बिहीबार) पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष राईले आफूहरु सरकारमै रहेको जानकारी गराएका हुन् ।

उनले भने,‘हामी सरकारमै छौं । अब उहाँ (उपेन्द्र यादवजी) सरकारमा रहनुहुन्छ कि रहनुहुन्न प्रधानमन्त्री र उहाँले निर्क्यौल गर्ने कुरा हो । हामीले त अलग दल बनाएका छौं ।’ उनले आफूहरुले पार्टी विभाजन गर्नुअघि पनि सरकारको अंकगणित मिलेकै थियो भनेर दाबी गरे ।

तर, सरकारको अंकगणितलाई फेरफार गर्ने गतिविधि अन्डरकरेन्ट चलिराखेको भन्ने कुरा आफूहरुले पनि सुईंको पाएको उनको भनाई छ । उनले भने,‘अंकगणित मिलेकै थियो । तर, अलिकति अंकगणितलाई फेरफार गर्ने गतिविधि चलिराखेको भन्ने कुरा मिडियामा आएको थियो । सत्यता मिडियालाई नै थाहा होला । हामी सतर्क हुनुपर्ने पक्ष थियो, मुलुक अस्थिरताको शिकार रहनुहुँदैन् । हामी अस्थिरताको कारक हुँदैनौं ।’ तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot