Logo

रातो मच्छिन्द्रनाथलाई रथारोहण गरियो (फोटोफिचर)



काठमाडौं, २७ बैशाख । रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलार्य आज पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ । आगामी वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot