Logo

रुसी राजदूत नोभिकभलगत्तै युएईका राजदूत नक्वीसँग पनि खुश्बु ओलीको भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, २७ बैशाख । राप्रपाकी प्रभावशाली नेतृ खुश्बु ओलीले नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको भेटवार्ता बाक्लो बनाएकी छिन् । एकपछि अर्को गरेर उनले नेपालका लागि विभिन्न राजदूतहरुसँगको भेटवार्ताका तस्विर सार्वजनिक गरेकी छिन् ।

नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ र नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीसँग नेतृ ओलीको भेटवार्ता भएको हो । दुवै देशका राजदूतसँग आफ्नो फलदायी भेटवार्ता भएको उनले सामाजिक सञ्जलमार्फत जनाएकी छिन् । युएईका राजदूतसँगको भेटमा आफूले आर्थिक अवसरको विषयमा केन्द्रित रहेर कुराकानी गरेको ओलीको भनाई छ । नेपालको विकासको लागि युईएको निरन्तर सहयोग अपरिहार्य रहेको उनको भनाई छ ।

राप्रपाकी केन्द्रीय सदस्यसमेत रहेकी नेतृ ओलीले रसियाका राजदूत नोभिकभसँग पनि द्धिपक्षीय हितका विषयमा केन्द्रित रहेर कुराकानी भएको स्पष्ट पारेकी छिन् । सो अवसरमा उनले राजदूतसँग रसियन सेनामा भर्ती भएका नेपालीहरुको पछिल्लो अवस्थाको बारेमा चासो राखेकी थिईन् । उनले तत्कालिन सोभियत युनियनले अस्पताल, राजमार्ग, जलविद्युत आयोजना, चुरोट कारखाना, चिनी मिललगायत नेपालको समग्र विकासमो पुर्याएको योगदानको समेत चर्चा भएको जनाईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot