Logo

२३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?



काठमाडौं, वैशाख २८ । आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ। बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि २३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ आज प्रतितोला ५० रुपैयाँका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot