Logo

एमालेले डाक्यो संसदीय दलको बैठक



काठमाडौं,२८ वैशाख । संसद् बैठक बस्नुअघि सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

शुक्रबार साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot