Logo

उपेन्द्र यादवको पार्टी विभाजनबारे ओलीले मुख खोले



काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनबारे मुख खोलेका छन् । सरकार ढाल्ने खेल भएपछि जसपा नेपालका नेताहरुले नै पार्टी विभाजन गरेको ओलीको भनाई छ । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले भने,‘अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नको लागि एउटा पार्टी विभाजन भएको छ। उहाँहरूको अभिव्यक्ति सुन्नुभयो होला। यो समीकरण ढाल्न लागेपछि हामीले सहमत हुन नसकेपछि विभाजन ग¥यौँ भनिराख्नुभएको छ ।’ सो क्रममा उनले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयास निरन्तर भइरहेको पनि सुनाए ।

सम्बोधनको क्रममा उनले भने,‘राजनीति अस्थिर छ। पोहोरको झैं दुई महिनामा सरकार उल्ट्याउने खेल भइरहेको छ, १० सीट भएको पार्टी राष्ट्रिय पार्टी होइन। त्यस पार्टीको प्रतिनिधिले विश्वासको मत दिने बेलामा भएको छलफलमा म सम्झिरहेको छु। आक्रोशित र कुण्ठाग्रस्त थियो। त्यही कुरा यस बीचमा म प्रधानमन्त्री हुँदैछ भनेर कसैलाई भतभत पोलेको छ भने, कहाँ प्रधानमन्त्री हुन आँटेका हुन् ? त्यसैले अस्थिरता ल्याउने कोशिस लगातार भइरहेको छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot