Logo

देउवाकै पछि लागे महन्थ, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग



काठमाडौं, २८ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि सहकारी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले सदनपनि अवरोध गर्दै आएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले भने ढिलोगरि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने निर्णय गराएको छ । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । कांग्रेसले छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने अडान लिएको छ ।

आजमात्रै कांग्रेसको तर्फबाट सदनमा बोल्दै सांसद गगनकुमार थापाले यस्तो चेतावनी दिएका हुन् । थापाले गृहमन्त्री रवि लामिछानेलाई चोख्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालदेखि प्रहरी अनि महान्यायाधिवक्तालाई समेत उपयोग गरिएको आरोप लगाएका थिए । तर, उनले जति गरेपनि कांग्रेसले छानबिन समितिको मागको अडानबाट ब्याक नहुने अडान दोहोर्याए ।

सदन १५ मिनेटको लागि स्थगित गरिएको छ । अहिलेसम्म बैठक बस्ने सुरसार देखिएको छैन् । एमालेले त संसदीय छानबिन समिति बन्न नसक्ने दाबी गरेको छ । सदनको बैठकअघि एमाले संसदीय दलको बैठक बसेको थियो । सो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले लोकतान्त्रिक चरित्र देखाउन नसकेको भन्दै आलोचना गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot