Logo

तिलक पाण्डेको नेतृत्वमा अखिल नेपाल ब्याडमिन्टन संघ गठन



काठमाडौं, वैशाख २९ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठनको रुपमा अखिल नेपाल खेलकुद महासंघ अन्तरगत अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको छ । राजधानीमा शुक्रबार भएको भेलाले नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको हो ।

अध्यक्ष पाण्डेले दिएको जानकारी अनुसार उपाध्यक्षमा रुद्र थिङ्ग र गिता शाही, महासचिवमा बेनुप खत्री, सचिबमा किशोर भट्ट र कोषाध्यक्षमा प्रकाश ढकालले जिम्मेवारी पाएका छन्। त्यस्तै संघमा ४ जना केन्द्रीय सदस्य पछि थप हुने छन् भने ब्याडमिन्टन खेलमा योगदान पुर्‍याएका एक जनालाई पुर्ण वैठकले उपमहासचिव बनाउने अध्यक्ष पाण्डेले जानकारी दिए ।

यसैगरी प्रदेश संयोजकहरु पनि तोकिएको छ । प्रदेश संयोजकहरुमा कोशीमा प्रकाश राई मधेस प्रदेशमा विष्णु यादव, बागमतीमा रबिन बस्नेत, गण्डकीमा उमेश भण्डारी, लुम्बिनीमा तिरबहादुर रोका ‘डार्विन’, सुदूरपश्चिममा जीवन खड्कालाई तोकिएको छ । कर्णाली प्रदेशको संयोजक भने पछि तोकिने जनाइएको छ ।

कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिब कोइराला ‘ज्वाला’ महासंघका उपाध्यक्षहरु राजकुमार कार्की रामजी बहादुर श्रेष्ठ, प्रकाश कुसारी र महासचिब अन्जन धमलाको उपस्थिति रहेकोे थियो। आज चयन भएको कार्यसमितिका सदस्यहरु यस प्रकार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्