काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा जारी छलफलमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।
गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नताबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएपनि सहमतिको प्रयास स्वरुप छलफलका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेश शिर्ष नेताहरुलाई बालुवाटर बोलाए हुन् ।
जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। कांग्रेसले समिति गठनको माग गर्दै निरन्तर संसद अवरुद्व गरेसँगै बजेट अधिवेशन नै प्रभावित हुने खतरा बढेको छ । यसअघि नै सहमति खोज्ने प्रधानमन्त्रीको प्रयासस्वरूप नेताहरू बालुवाटारमा जुटेका हुन्।