Logo

इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु



जाकर्ता, ३० वैशाख । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको छ ।

बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले आइतबार ११ जनाको शव कान्डुआङ जिल्लामा र चारवटा सुङ्गाई पुआ जिल्लामा भेटिएको जानकारी दिए। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

भारी वर्षापछि आएको बाढीले कान्डुआङ, सुङ्गाई पुआ र आइभी कोटो जिल्लामा क्षति पुर्याएको थियो । कान्डुआङ जिल्लामा आवासीय घर, सार्वजनिक सुविधा र पसललगायत ९० वटा भवन डुबानमा परेका छन् ।

यसैबीच चौथो कोटो जिल्लामा ६० जना विस्थापित भएका छन् भने २० पसल र एउटा विद्यालय भवन प्रभावित भएका छन् । आपत्कालीन अवस्थाको जवाफमा डाटा निरन्तर अपडेट गरिरहने प्रयासहरू भइरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्