Logo

नेविसंघले माग्यो स्टार्टअप योजना, उत्कृष्ट ५१ योजनालाई प्रशिक्षणसहित लगानी खोजिदिने घोषणा



काठमाडौं, ३० बैशाख । नेपाल विद्यार्थी संघले नयाँ व्यवसाय गर्नेहरुको लागि स्टार्टअप योजना माग गरेको छ । र, उनीहरुमध्येबाट उत्कृष्ट ५१ योजनालाई प्रशिक्षण दिई लगानीकर्ता खोजिदिने नेविसंघको घोषणा छ । नेविसंघले प्रविधि, दिगो विकास, स्वास्थ्य सेवामा आधारित व्यावसायिक योजनासहित प्रस्ताव दर्ताको आह्वान गरेको हो।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले दर्ता भएकाबाट उत्कृष्ट ५१ स्टार्टअप योजना छनोट गरिने र ती उत्कृष्ट योजनालाई विज्ञ र विशेषज्ञ उपलब्ध गराएर प्रशिक्षण सञ्चालन गरिने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । दर्ताका लागि मे ३१ (जेठ १८)सम्मको समय तोकिएको छ ।

नेविसंघले जारी गरेको विज्ञप्तीअनुसार स्टार्टअपको प्रस्ताव दुई सय शब्दको सिमामा रहेर पठाउनुपर्नेछ । प्रस्ताव आएकाबाट ५१ वटा स्टार्टअप छनोट गरिनेछ। युवामा रहेको उद्यमशीलताको समस्या समाधान गर्न उक्त योजना ल्याईएको अध्यक्ष शेर्पाले जनाए ।

यस्तो छ विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्