Logo

ललितपुर आगलागीमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो



काठमाडौं, वैशाख ३१। ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा परी घाईते भएकी महिलाको पनि मृत्यु भएको छ । वैशाख २३ गते किष्ट अस्पताल नजिकैको टहरामा भएको आगलागीमा दुई छोरी गुमाएकी ३२ वर्षीया रुपा गिरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

मोबिल स्टोरमा भएको आगलागीमा रौतहटको राजदेवी नगरपालिका–४ घर भई किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । आगलागीको भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनीहरुका भतिज १५ वर्षीय नित गिरीको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचार जारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot