Logo

उग्र बन्दै दुर्गा प्रसाइँका समर्थक, जनकपुरको एभरेष्ट बैंकमा तालाबन्दी



काठमाडौं, ३१ वैशाख । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको नागरिक बचाउ महाअभियानका समर्थकहरुले जनकपुरधामस्थित रहेको एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् । आज (सोमबार) र्‍यालीमा निस्किएका उनीहरुले बैंकको मूल गेटमै ताला लगाइदिएका हुन् ।

प्रसाईँले आफ्नो नेतृत्वमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन नै घोषणा गरेका थिए । उनले काठमाडौंमा ठूलो संख्यामा लघुवित्त पीडितहरुलाई उतारेका थिए । चर्को ब्याज लिएर बैंक तथा वित्तीय संस्थाहरुले किसान तथा गरिबहरुलाई आत्महत्या गर्न बाध्य पारेको प्रसाईँको निश्कर्ष छ ।

बैंकमा तालाबन्दी गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपको परिस्थिति निर्माण भएको थियो । अन्ततः उनीहरुले बैंकको मूल गेटमै ताला ठोकेका थिए ।

साथै, प्रदर्शनकारीले ज्योति विकास बैंकमा पनि तालाबन्दीको प्रयास गरेका थिए । त्यहाँ भने प्रहरीले प्रदर्शनकारीलाई रोक्न सफल भएको थियो । उनीहरुले निकै उग्र नारासहित प्रदर्शन गरेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्