Logo

बिरामी ओली रविको लागि सिंहदरबार पुगे, प्रधानमन्त्री प्रचण्डसहित भेटवार्ता सुरू



काठमाडौं, ३१ बैशाख । सत्ता गठबन्धनमा मुख्य घटक एमाले, माओवादी केन्द्र र रास्वपाका नेतृत्वकर्ताहरु आकस्मिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनको अवरोध खुलाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग निर्णायक छलफलको लागि आग्रह गरेपछि अहिले तीन नेताबीचको भेटवार्ता सिंहदरबारमा सुरू भएको छ ।

उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीमा रहेका रास्वपा सभापति लामिछानेले आफूलाई केन्द्रमा राखेर संसदीय छानबिन समिति बनाईए सरकारबाट बाहिरिने चेतावनी दिएपछि शीर्ष नेताहरु आकस्मिक रुपमा भेला भएका हुन् । एमाले अध्यक्ष ओली त अस्वस्थ भएर बालकोटस्थित निवासमै आराम गरेर बसेका थिए ।

तर, राजनीतिक परिस्थिति जटिल बन्न लागेको भन्दै प्रधानमन्त्री प्रचण्डले फोन गरेपछि सिंहदरबार आएका हुन् । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागप्रति सकारात्मक रहेको सन्देश प्रवाह गरिसकेका छन् ।

उनले रवि लामिछानेमात्रै नभएर समग्र सहकारी समस्याको समाधान गर्नेगरि संसदीय छानबिन समिति बनाउन सकिनेगरि मध्यमार्गी प्रस्ताव अघि सारेपछि अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो । एमाले अध्यक्ष ओलीले भने कुनैपनि हालतमा कांग्रेसले भनेजस्तो छानबिन समिति नबन्ने अडानमा छन् । file photo



प्रतिक्रिया दिनुहोस्