Logo

ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने स्वास्थ्यमन्त्री यादवको पहिलो निर्णय



काठमाडौं, ३१ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । शितलनिवासमा पदभार ग्रहणलगत्तै मन्त्री यादवले रामशाहपथ पुगेर पदभार ग्रहण गरेका हुन् ।

सो क्रममा उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री यादवले पहिलो निर्णय भने ठूला सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने रहेको छ ।

प्रधानमन्त्री यादवले नवगठित दल जसपालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्