Logo

संसद् भवनमा राष्ट्रपति सवारीको रिहर्सल (तस्बिरहरू)



काठमाडौं,१ जेठ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि संघीय संसद् भवनमा रिहर्सल गरिएको छ।

मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुुत गर्ने कार्यसूची रहेको छ।

त्यसअघि उनको सवारीको रिहर्सल गरिएको हो। रिहर्सल कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, संसद सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी सहभागी थिए।

संघीय संसदका दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सम्बोधन गर्ने कार्यसूची छ । दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।

तस्बिर– संसद् सचिवालय 



प्रतिक्रिया दिनुहोस्