Logo

माधव नेपालको पुस्तक ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन



काठमाडौं, १ जेठ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको कम्युष्निट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन गरेका छन् । परमानन्द भट्टले लेखेको पुस्तकको आज एक समारोहबीच पूर्व राष्ट्रपति यादवले विमोचन गरेका हुन् । सो क्रममा पुस्तकका आकर्षको केन्द्र माधव नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताए।

सम्बोधनको क्रममा उनले भने,‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ । इतिहासका महत्वपूर्ण सबै पात्रहरुलाई भन्न चाहन्छु, इतिहासका प्रत्येक घटनाक्रमको बारेमा आफूले देखेका लागेका, अनुभुत गरेका भोगेका सबै कुराहरु लेखेर राख्न आवश्यक छ ।’

उनले नेकपा विभाजन र एकीकृत समाजवादी पार्टी निर्माणमा केन्द्रित रहेर आफूले लेखेको पुस्तक छिट्टै सार्वजनिक गर्ने पनि खुलासा गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्