Logo

पूर्वराजा ज्ञानेन्द्र शाह अब काठमाडौं उपत्यकाकेन्द्रित भएर सक्रिय हुँदै



काठमाडौं, १ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् । यसअघि काठमाडौं उपत्यकाबाहिरको भ्रमण सकाएर काठमाडौं फर्किएका पूर्वराजा शाह अब काठमाडौं उपत्यकामा नै सक्रिय हुने भएका छन् ।

उनको सचिवालयले जनाएअनुसार यही जेठ ७ गते उनी ललितपुर जाने भएका छन् । ललितपुरवासीको निम्तो मान्नको लागि पूर्वराजा शाह त्यहाँ जाने भनिएको छ । विभिन्न राष्ट्रिय पर्व र ऐतिहासिक दिवसको अवसरमा पनि पूर्वराजा शाहले शुभकामना जारी गर्ने गरेका छन् ।

जसमा उनले देश र जनताको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्ने गरेका छन् । ललितपुरको कार्यक्रमपछि उनी काठमाडौं र भक्तपुरमा समेत जिल्लावासीको निम्तो मान्नको लागि सक्रिय हुने बताईएको छ ।

पूर्वराजा सवार हुने स्थानमा ठूलो संख्यामा जनताको सहभागिता हुँदै आएको छ । विभिन्न जिल्लामा उनको सम्मानको लागि अभिनन्दनपनि गरिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्