Logo

काठमाडौं र प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गरिने, ५ हजार रोजगारी सिर्जना गरिने सरकारको घोषणा



काठमाडौं, १ जेठ । सरकारले नेपाललाई ग्लोबल सूचना प्रविधिको हबको रुपमा विकास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यो कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रस्तुत कार्यक्रममा भनिएको छ–‘सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारको रुपमा लिई सामाजिक–आर्थिक रुपान्तरण एवम् समृद्धि हाँसिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाईनेछ । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रुपमा विकास गरिनेछ ।’

काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गरी कम्तिमा ५ हजार रोजगारी सिर्जना गरिने सरकारको महत्वकांक्षी घोषणा छ ।



प्रतिक्रिया दिनुहोस्