Logo

कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्यो, नयाँ भरोसा दिन नसकेको आरोप



काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देश र जनतालाई नयाँ आशा र भरोसा दिलाउन नसकेको आरोप लगाएको छ ।

नीति तथा कार्यक्रमबारे संसद् भवनमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नेता अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले नयाँ आशा सञ्चार गर्न नसकेको टिप्पणी गरे । सरकारले आर्थिक सुधारको कार्यक्रमलाई दृढताका साथ अघि बढाउन नसकेको केसीको भनाई छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै रुपमा आशा जगाउन नसकेको टिप्पणी गरे । उनले नेपाली युवा विपिन जोशीको उद्धार र देश फिर्ता को कुरामा सरकारले कुनै प्रतिबद्धता नजनाएकोमा आलोचना गरे । लेखकले सरकारको नीति तथा कार्यक्रम एकदमै परम्परागत रहेको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम केही पनि नभएको र केही महत्वपूर्ण कुरा छुटेको बताए । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्