Logo

प्रधानमन्त्री प्रचण्डसँग सभामुखको भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं,२ जेठ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका छलफल गरेका छन् । 

संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई लिएर सभामुखल प्रचण्डसँग छलफल गरेका हुन् । “प्रतिपक्षीको अवरोधका कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा लिनुभएको छ,” उनको सचिवालयले भनेको छ ।

कम्तीमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा घिमिरेले ध्यानाकर्षण गराएका थिए। मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसदका दुवै सदनमा धन्यवादको प्रस्ताव पेश गर्न रोकेको थियो।

राष्ट्रपतिलाई धन्यवाद दिन प्रधानमन्त्री दाहाललाई सभामुख घिमिरेले प्रस्ताव टेबल गर्न समय दिए पनि कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेको थियो। कांग्रेसको नाराबाजी र घेराउका कारण प्रधानमन्त्री रोष्ट्रममै जान रोकिए। धन्यवादको प्रस्ताव पेश गर्न नपाइ प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि सभामुख घिमिरेले स्थगित गरेका छन्।

कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरोध गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्