काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । सामान्य विरामी भएर घरमा आराम गरेका ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
संसदीय दलको बैठकमा सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्ने बताईएको छ । बैठक अहिले नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा सुरु भैसकेको छ ।
यसको साथै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताईएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको प्रमाण भेटिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ । छानबिन समिति नबनेसम्म सदनको नियमित कामकारबाही चल्न नदिने चेतानवी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भने कांग्रेसको मागप्रति आफू सकारात्मक रहेको भन्दै समग्र सहकारी ठगी प्रकरणको बारेमा छानबिनको लागि संसदीय समिति बनाउन आफू तयार रहेको भन्ने जवाफ कांग्रेसका नेताहरुलाई दिएका छन् । प्रतिनिधिसभाको बैठक जेठ ३ गते विहान ११ बजे बस्ने भएको छ । file photo