Logo

गिरिबन्धु टि–स्टेटबारे ओलीले खोले मुख : कांग्रेसले एकपटक ५१ विघा, एकपटक १९ विघा कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ



काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले नेपालमा आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् ।

उनले भने,‘जहाँसम्म गिरिबन्धु टि-स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघा, एकपटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी दिए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताए । उनले कांग्रेसले आरोप लगाईरहने र बकवास गरिरहने अनि आरोपितले बोल्न नपाउने भन्ने हुन्छ ? भन्दै प्रश्न गरे ।

कांग्रेसप्रति निकै आक्रामक देखिएको ओलीले सनकको भरको पछि लागेर सदन अवरोध गर्न नदिईने चेतावनी दिए । उनले भने,‘सनकको पछि लागेर संसदीय छानबिन समिति बन्दैन् । कांग्रेसको घरबाट ल्याएको संसद हो र यो ? उसलाई जसो मन लाग्छ, त्यसै हुन्छ र ? कांग्रेसलाई नारा लगाउन आउने अनि अरुलाई नआउने भन्ने हुन्छ ।’

कांग्रेससँग सम्वादमार्फत सदनको अवरोध खुलाउनको लागि आफूहरु लागिपरेको भएपनि कांग्रेसले त्यस्तो चरित्र नदेखाएको ओलीको टिप्पणी छ । उनले भने,‘सम्वाद गर्ने कुरामा भन्दापनि कांग्रेस गालीगलौजमा उत्रियो । यो देशमा कसैको ईज्जत छैन् ? बोल्नको लागि सभामुखको निगाहा चाहिँदैन भन्ने ? संसद्मा अनि के घरबाटै ल्याएको समयमा बोल्ने त ? के भनेको कांग्रेसले ? कांग्रेसको पनि महामन्त्रीजस्तो पद समातेर बसेको मान्छेले के बोलेको हो ? कांग्रेसको अधिनायकावदी चरित्र प्रकट भएको छ, यस चरित्रसँग हामी लत्रिनुपर्ने कुनै कारण छैन् । हामी त मिलाएर जान खोजिएको छ । यसो नगर भनिराखेका छौं, उल्टै हामीमाथि समेत आरोप लगाउने, अनि कांग्रेसले खोजेको के हो ? यो देश कांग्रेसको एकलौटी हो ? अरु यो देशमा बस्न नपाउने, जित्न नपाउने ? अरुले सरकार बनाउन नपाउने ? आफूले प्रधानमन्त्री बाँड्दै हिँड्ने अनि अरुले मन्त्री दिन पनि नपाउने ? त्यसकारण हाम्रा साथीहरु हामी ढुक्क भएर जान्छौं । हाम्रो कुरा त्यत्ति हो । हामीले संसद्मा बहस गर्न पाउनुपर्छ । अवरोध भए त्यहीअनुसार व्यवहार हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्