काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले एमाले सरकारको लागि संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंको दियालो फुडल्याण्डमा आयोजित प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस तथा २६औं केन्द्रीय साधारणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
सो क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुलाई धम्की नदिन चेतावनी दिएका छन् । ओलीले सदन अवरोध गरेको भन्दै कांग्रेससँग अब सदनमै भिड्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा कोइरालाले कांग्रेस कसैको धम्कीले नडराउने भन्दै कडा जवाफ फर्काए ।
नले भने, ‘पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, कांग्रेसले सदनमा राखेको हो । कुनै पनि राजनीतिक दलबाट नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’
Photo Source: Dinesh Chandra Thapaliya/Facebook