Logo

सरकारसँग वारपार गर्ने मूडमा कांग्रेस, संसद्मा अनिवार्य उपस्थित हुन सांसदलाई ह्वीप



काठमाडौं,३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन् सांसदलाई ह्वीप लगाएको छ ।

१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन ।

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ

आज बिहान ११ बजेका लागि संस्दको बैठक बोलाईएको थियो । तर, दलहरुबीच कुरा नमिलेपछि बैठक सार्ने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरेर बैडक सार्न आग्रह गरेका थिए ।

यसअघि प्रचण्डले आज बिहान सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका थिए । सो छलफललगत्तै प्रचण्डले कांग्रेससँग पनि छलफल गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्