Logo

संसद नेविसंघ र तरूण दलको क्लब होईन : योगेश भट्टराई



काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आजको दिन संसदीय इतिहासमै कालो दिनको रुपमा दर्ज भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच हात हालाहालको अवस्था सिर्जना भएपछि स्थगित् भएको बैठकपछि मिडियासँगको संक्षिप्त कुराकानीमा नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘आजको दिन कालो दिन हो । कांग्रेसजस्तो पार्टीको तर्फबाट आज जे जस्ता अभद्र व्यवहार भए, त्यो निन्दीय छ । खेदजनक छ । वेलमा नारा जुलुश गर्नपनि पाईन्छ । सदनमा बेञ्च छुट्याईएको हुनछ । कांग्रेसका पदाधिकारी मन्त्रीको बेञ्चमा आएर डिस्टर्ब गर्नुभयो । हाम्रो नेता केपी ओलीले त्यही कुरा सम्झाउनुभएको हो । कांग्रेसले असाध्यै असंसदीय व्यवहार देखायो । कांग्रेस सदनमा मुठभेड गर्न खोजिरहेको छ । हामी भीडन्तमा छैनौं ।’

उनले संसद् कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको क्लबजस्तो नभएको दाबी गरे । उनले भने,‘यो संसद नेविसंघ र तरुण दलको क्लब होईन । यो २७५ सांसदहरुको थलो हो । हामी संसद् चलाउँछौं । सभामुखलाई चलाउन भनेका छौं । हाम्रो सम्वाद हुनछ । को हो कांग्रेस रुलिङ हामीलाई रुलिंग गर्ने हो ?’ file photo



प्रतिक्रिया दिनुहोस्